तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका-८ रिस्तीमा बैशाख ३० गते भएको मतदान कार्य निर्वाचन आयोगले रद्ध गरेपछि बुधबार पुन मतदान भइरहेको छ। रिस्तीस्थित गाविस भवन फेदी मतदान केन्द्रमा विहान ७ बजे स्थानीय ९९ वर्षीय वृषसिंह गुरुङले दोस्रो पटक स्ट्रेचरमा आएर पुन पहिलो मत हालेपछि मतदानको शुभारम्भ भएको हो।
बैशाख ३० गते दिउँसो ३०० बजपछि व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशी कुटिएपछि निर्वाचन आयोगले मतदान रद्द गर्ने निर्णय गरेको थियो।
गाविस भवन फेदी अन्तर्गत -क_ मतदान केन्द्रमा सात सय ५६ र -ख_ मतदान केन्द्रमा आठ सय २० मतदाता रहेका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँले मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ।
निकै कडाईको साथ अहिले मतदान भइरहेको छ।
प्रतिक्रिया