नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा उक्त पार्टीले मेयर र उपमेयर दुबै जितेको छ ।
अन्तिम मतपरिणामअनुसार मेयरमा एकीकृत समाजवादीका शम्भु साहले लोसपाका अजयकुमार गुप्तालाई हराएका हुन् । साहले ६३८१ मत ल्याउँदा गुप्ताले ३७५५ मत पाए ।
उपमेयरमा एकीकृत समाजवादीकी शैलकुमारी साहले ४८०९ मतसहित विजयी भएकी छन् । कांग्रेसकी शाहजान खातुनले ३६८५ मत पाइन् ।
यो पालिकाका ९ मध्ये ६ वडामा पनि एकीकृत समाजवादीले अध्यक्ष जितेको छ । २०७४ मा यहाँ मेयर राजपाले जितेको थियो ।
प्रतिक्रिया