Logo

प्रमुख समाचार

स्थापितको वडामा पनि बालेनकै राज, कोर एरियामा एमालेको कन्तविजोग



काठमाडौं । एमालेका मेयर उम्मेदवार केशव स्थापितले काठमाडौंका कोर एरियामा आफूले अग्रता लिने दाबी गरे पनि स्वतन्त्र उम्मेदवार बालेन साहले एकछत्र भोट बुटुलेका छन् ।
बालेन लगातार मतान्तर बढाउँदै दौडेका छन् । अहिलेसम्म ४७ हजार ६२३ मतगणना हुँदा उनले १८ हजार १५० मत पाएका छन् ।

स्थापितले ९ हजार ४५० मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ८५८९ मत पाएकी छन् ।

अहिले वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ८ : २९ बजे

1.641k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।