Logo

प्रमुख समाचार

विराटनगरमा नागेश कोइरालाको फराकिलो अग्रता, उपेन्द्रका छोरा हार्ने लगभग पक्का



मोरङ । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर पदमा अग्रता बढाउँदै लगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बेलुकासम्म गणना गरिएको ४८ हजार २०१ मतमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १५ हजार ४३० मतका साथ अग्रता लिएका छन् ।

उनले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापासँग ३ हजार ९ सय ३७ मतको अग्रता लिएका हुन् । थापा ११ हजार ४९३ मतका साथ कोइरालालाई पछ्याइरहेका छन् । स्वतन्त्रतर्फ उम्मेदवार उमेश यादवको ४ हजार ८०७ मत रहेको छ।

नेकपा एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीले पनि आफ्नो अग्रतालाई कायम राखेकी छन् । कार्कीले हालसम्म १३ हजार १७९ मत पाएकी छन् । गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादव ७ हजार ९४६ मतका साथ प्रतिस्पर्धामा छन् । उनी जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

राप्रपाकी उम्मेदवार विन्दा लुइँटेल आचार्यले ३ हजार ७ सय ७९ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ८ : ३४ बजे

1.593k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।