Logo

प्रमुख समाचार

बालेनका ‘राजनीतिक गुरु’ काे ११ औंपटक वडाध्यक्ष बन्ने सपना अधुराे



काठमाडौं । ललितपुर महानगरपालिका– १० मा ११ औं पटक वडा अध्यक्ष बन्न उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार पराजित भएका छन् । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बनेर लिड गरिरहेका बालेन साहले ‘राजनीतिक गुरु’ मानेका व्यञ्जनकार २८२ मतान्तरले पराजित भएका हुन् ।

उनले ५४३ मत ल्याए भने प्रतिस्पर्धी कांग्रेसका रवीनमान व्यञ्जनकार निर्वाचित भए । नरसिंह स्वतन्त्रबाट उम्मेदवारी दिएर यसअघि १० पटक यहाँको वडा अध्यक्ष भइसकेका छन् ।

बालेन साह हिजो व्यञ्जनकारको मतगणनामा प्रतिनिधि बस्न ललितपुर गएका थिए । तर उनलाई निर्वाचन आयोगका कर्मचारीले प्रतिनिधि बस्न दिएनन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ७ : ५२ बजे

5.67k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।