काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार ५० हजारबढी मतगणना हुँदा साहले २१ हजार ३२४ मत ल्याएका छन् ।
त्यसतै नेकपा एमालेका केशव स्थापितले ११ हजार २१६ मत ल्याएका छन् भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १० हजार ३६२ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।
प्रतिक्रिया