Logo

प्रमुख समाचार

मुसीकोटमा विवादपछि मतगणना रोकियो



रुकुम पश्चिमकाे मुसीकोट नगरपालिकामा मतपेटिकाबाट मतपत्र निकालेर मिलाउने क्रममा मत संकेत देखिएपछि विवाद उत्पन्न हुँदा मतगणना रोकिएको छ । १३ वटा वडाको मतगणना सकेर अन्तिम वडा १४ नम्बर वडामा मतगणना भएर रोकिएको हो ।

मत संकेत गरिएका मतपत्र गणना गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद देखिएको छ । यस विषयमा निर्वाचन कर्मचारी र दलका प्रतिनिधिहरीबीच छलफल भइरहेको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले यस विषयमा उम्मेदवार, राजनीतिक दलसँग छलफल भइरहेको बताए ।

केही मतपत्रमा कागजका टुक्रा राखिएको पाइएको बताइएको छ । यही वडाबाट नै जित र हारको फैसला हुने छ ।

नगरपालिकाका १४ वडामध्ये १३ वटा वडाको मतगणना सकिँदासम्म प्रमुखमा नेकपा माओवादी केन्द्रका वसन्तकुमार शर्मा र उपप्रमुखमा नेकपामा एकीकृत समाजवादीका विमलकुमार पुनले अग्रता लिएका छन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  २ : ३४ बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।