Logo

प्रमुख समाचार

भरतपुर अपडेट : ३२५८ मतले दाहालकाे अग्रता



भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ४२७५०  गणना हुँदा अग्रता थप बढाएकी छन् । उनले १६२३५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १२९७७ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ३२५८ रहेको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६६८७ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १८७७६  मत पाउँदा राप्रपाकी हिमला गुरुङले १०४१९ मत पाएकी छन् । अहिले वडा नम्बर ९ को गणना भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  २ : ४९ बजे

642
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।