चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहालको अग्रता कायमै छ । उनी एमालेका विजय सुवेदीभन्दा अहिले ३२६३ मतले अगाडि छिन् ।
हालसम्म ४४ हजार २६० मतगणना भएकोमा रेणुले १६ हजार ६१२ मत प्राप्त गरेकी छन् भने विजय सुवेदीले १३ हजार ३४९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६ हजार ८७२ मत पाए ।
अहिले वडा नम्बर १० र ११ को मतगणना भइरहेको छ । वडा नम्बर १० को वडाध्यक्षमा कांग्रेसले अग्रता लिइरहेको छ भने ११ को वडाध्यक्षमा एमालेको अग्रता छ ।
प्रतिक्रिया