काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा कांग्रेसकी सिर्जना सिंहले कायम गरेको अग्रतालाई पनि स्वतन्त्र उम्मेदवार बालेन साहले तोडेका छन् ।
अहिलेसम्म ७०० भोट गणना हुँदा बालेनले सिर्जनालाई पछि पारेका हुन् । बालेनले २४२ मत पाएका छन् । सिर्जनाले २१६ मत ल्याएकी छन् । तेस्रोमा केशव स्थापितको १६५ भोट आएको छ ।
समग्र मतगणनामा भने बालेनले फराकिलो मतान्तरससहित अग्रता कायम गरिरहेका छन् । अहिलेसम्म ६१ हजार ३१५ मतगणना हुँदा बालेनले २४ हजार ३२४ मत पाएका छन्।
एमालेका केशव स्थापितले अहिलेसम्म १२ हजार ५७३ मत पाएका छन् । सिर्जनाले १२ हजार ९३ मत पाएकी छन् ।
प्रतिक्रिया