Logo

प्रमुख समाचार

विप्लवको गृहनगरमा राप्रपाको विजय, सकिँदैछ नेत्रविक्रमको शक्ति



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापा र नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित राप्रपाका थापाले ७ हजार ६०२ मत पाए भने उनका निकटतम प्रत्यासी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत ल्याए ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भइन् । उनी निवर्तमान उपमेयर समेत हुन् । उनले ७ हजार ९५५ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाइन् ।

यहाँ विप्लवले आफ्ना उम्मेदवारलाई स्वतन्त्र हैसियतमा मैदान उतारेका थिए । तर उनी प्रतिस्पर्धामै परेनन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ९ : ०६ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।