काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ६५७९१ मत गन्दा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २४७४१ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३३०७ भोट ल्याएका छन्।
यस्तै, सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२३९० मत ल्याएकी छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २५१६ मत प्राप्त गरेका छन्।
त्यस्तै, एमालेतर्फ उपमेयर उम्मेदवार सुनिता डंगोलले २४७०६ मत प्राप्त गरेकी छन्। नेकपा एसका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले ७९२२ मत ल्याएका छन्। त्यस्तै, स्वतन्त्र उपमेयर उम्मेदवार वेन्जीसिंह महर्जनले २६२५ मत ल्याएका छन् भने राप्रपाका उपमेयर उम्मेदवार विनिता मगैयाले ५४८३ मत प्राप्त गरेको महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिक्रिया