Logo

प्रमुख समाचार

एमालेकाे गढ मानिएकाे भरतपुरकाे १० र ११ मा पनि रेनु अगाडि



चितवन । नेकपा एमालेले अपेक्षा गरे जसरी मेयरका उम्मेदवारले भरतपुरका १० र ११ नम्बर वडामा भोट बढाउन सकेनन्। गत निर्वाचनमा यी दुई वडामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले १७०१ भोट बढी ल्याएका थिए। अहिले वडा नम्बर १० को ४६०० मतगणना सकिँदा एमालेका मेयर उम्मेदवार विजय सुवेदी गठबन्धनकी रेनु दाहाल भन्दा १०२ भोटले पछि छन्।

रेनुले यो वडामा १५५३ भोट ल्याउँदा सुवेदीले १४५१ भोट मात्रै ल्याएका छन्। यहाँबाट कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७७७ भोट ल्याएका छन्। अब यो वडामा ११०८ भोटको परिणाम आउन बाँकी छ।

एमालेले सबभन्दा बढी अपेक्षा राखेको ११ नम्बर वडा नै हो। यहाँ यसपालि ९०८१ जनाले मतदान गरेका थिए। महानगरपालिकामै सबभन्दा बढी मतदाता रहेको यो वडालाई एमालेले आफ्नो गढ मान्छ। अघिल्लो पटकको निर्वाचनमा कांग्रेस र माओवादी एक ठाउँमा हुँदा पनि यहाँबाट एमालेका ज्ञवालीले ११६२ बढी भोट ल्याएका थिए।

अहिले यस वडाको २३०० भोट गनेर सक्दा सुवेदी ३० भोटले पछि छन्। यो वडाबाट मेयरमा रेनुले ८८३ भोट ल्याउँदा सुवेदीले ८५३ भोट मात्रै ल्याउन सके। यहाँबाट कांग्रेसका बागी उम्मेदवार जगन्नाथले १६३ भोट ल्याएका छन्। मेयरमा सोचेजस्तो भोट नआए पनि वडाध्यक्षमा एमालेका उम्मेदवार ३०९ भोटले अघि छन्।

अहिलेसम्म भरतपुर महानगरपालिकाको ४७५११ गणना सकिँदा मेयरमा रेनुले १७९७२ र सुवेदीले १४६४७ भोट ल्याएका छन्। रेनु ३२२५ मतले अघि छिन्। जगन्नाथले भने ७२२३ भोट ल्याएका छन्।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  १२ : १४ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।