Logo

प्रमुख समाचार

भरतपुर महानगरमा रेणु दाहाल चार हजार मतले अगाडि



भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेदवार बनेकी रेणु दाहालले अग्रतालाई बढाएकी छन्। हालसम्मको मतपरिणामअनुसार उनले २० हजार १४३ मत ल्याएकी छिन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय सुवेदीले १६ हजार ८७० मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ७५३ मत ल्याएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ४०३ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उपमेयर पदमा उम्मेदवारी दिएकी हिमला गुरुङले १३ हजार १६३ मत ल्याएकी छिन् । भरतपुरमा मतगणना जारी छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  ६ : १२ बजे

2.394k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।