Logo

प्रमुख समाचार

रतुवामाई नगरपालिकाको मेयरमा ७४ वर्षीय नागेश्वर विजयी



विराटनगर। मोरङको रतुवामाई नगरपालिकाको मेयरमा कांग्रेसकाका ७४ वर्षीय नागेश्वर प्रसाद सिंह गनगाई विजयी भएका छन् । उनले १३ हजार १ सय ३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका दुर्गा कुमार विष्टले ११ हजार २ सय ५२ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा एमालेकी दयान्ता देवी चुडाल विजयी भएका छिन् । उनले ९ हजार ३ सय ७४ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । माओवादीका सुमन कालिकोटेले भने ८ हजार ४ सय ७९ मत ल्याएका छन् । यस नगरपालिकामा माओवादीका र कांग्रेसबीच गठबन्धन भएको थियो । चुडाल निवर्तमान उपमेयर हुन । नागेश्वर पूर्व शिक्षक समेत हुन् ।

कम्युनिस्ट पार्टीको उद्गम थलोमा कांग्रेसका नागेश्वरले जित निकालेका छन् भने एमलेका उम्मेदवारले हार बेहोरेका छन् । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस हाल रतुवामाई नगरपालिकामा भएको थियो । रतुवामाई नगरपालिकामै नेकपा एमालेका संस्थापक नेता स्वः मदन भण्डारीको घर छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १०:००   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।