गौशाला । लोकतान्त्रिक समाजवादी पार्टीले महोत्तरीको गौशालामा खाता खोलेको छ । वडा नं। १० को वडाअध्यक्षमा लोसपाका उम्मेदवार विष्णुकुमार महतो (मुकेश) विजयी भएका हुन्।
महतोले ८४६ मत प्राप्त गरी वडा नं। १० बटौवा भरतपुर अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार मो। शेष जलीलभन्दा १६९ मत बढी ल्याएर विजयी भएका हुन् । जलीलले ६७७ मत प्राप्त गरेको छन् ।
त्यस्तै अर्का वडाअध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार रोशन भण्डारीले १२६ मत प्राप्त गरेका थिए । जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर महतोले ७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ । सोही वडाका नेकपा एमालेका सत्यनारायण मण्डलले १०८, जनमतले ३ मत ल्याएका छन् भने बहुजन एकता पार्टी रामप्रगास मोचीले १५३ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१२ वडा रहेको गौशालामा जनता समाजवादी पार्टीको तर्फका ५, नेपाली कांग्रेसका ३, नेकपा माओवादीका १ र लोकतान्त्रिक समाजवादी पार्टीका १ वडाअध्यक्ष जितेको छ। अहिले वडा नं। ११ र १२ को मतगणना जारी रहेको छ ।
प्रतिक्रिया