Logo

राजनीति

वडाध्यक्षमा पराजित भएपछि एमालेका रुद्र दाहालले नगर इन्चार्ज पदबाट दिए राजीनामा



सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा(३ को वडाध्यक्ष पदमा पराजित भएपछि नेकपा एमालेका रुद्र दाहालले नगर इन्चार्ज पदबाट राजीनामा दिएका छन्।

उनी कांग्रेसका उम्मेदवारसँग वडाध्यक्षमा पराजित भएका थिए। आफूले पार्टीलाई जिताउन नसकेकाले पदमा रहन नमिल्ने भन्दै उनले राजीनामा दिएका हुन्।

उनले सो राजीनामा पत्र एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीलाई बुझाएका छन्। उनी यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  ३ : १७ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।