Logo

प्रमुख समाचार

सर्लाहीको ईश्वरपुरमा कांग्रेसका आचार्य र चौधरी विजयी



सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मत परिणामअनुसार ईश्वरपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका मनोजकुमार आचार्य विजयी भएका हुन् । आचार्यले कुल ८४८० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार एवं निवर्तमान मेयर मनोजकुमार देवकोटाले ५९६० मतमात्र प्राप्त गरे ।

उपमेयरमा पनि कांग्रेसकी रंजितादेवी चौधरी विजयी भएकी छन् । चौधरी एमाले उम्मेदवार एकावती देवी चौधरीलाई १९१५ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । कांग्रेसकी चौधरीले ८२६८ मत प्राप्त गर्दा एमालेकी एकावती देवीले ६३५३ मतमात्र प्राप्त गरिन् ।

१५ वटा वडा रहेको नगरपालिकामा ६ वटामा एमाले, ६ वटामै कांग्रेस, एकमा जनता समाजवादी पार्टी, एकमा लोकतान्त्रिक समाजवादी पार्टी र एक स्थानमा माओवादी केन्द्र विजयी भएको छ । यो सँगै कांग्रेसले सर्लाहीको ११ पालिकामा विजय हासिल गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  ३ : ५१ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।