Logo

प्रमुख समाचार

शपथ ग्रहणपछि मेयर नापितले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण



काठमाडौँ । राप्रपाबाट शंखरापुर नगरपालिकाको मेयरमा निर्वाचित रमेश नापितले शपथ ग्रहणपछि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् ।

शुक्रबार शपथ लिएपछि उनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । त्यसपछि उनले सहिदगेटमा पुगेर सहिदहरुप्रति माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् ।

नवनिर्वाचित मेयर नापितले आफ्नो कार्यकक्षमा पनि पृथ्वीनारायण शाहको तस्बिर राख्ने बताएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १६:२७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।