Logo

अचम्म

जन्तीलाई ढिलो खाना आएपछि विवाह नै नगरी फर्किए दुलाहा



भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर रित्तै घर फर्कीएका छन् ।

बतौना गाउँको ईश्वरी टोलामा राजकुमार उरावँ विवाहका लागि पुगेका थिए । जन्ती दुलहीको घर पुग्दा विभिन्न रीतिरिवाज गर्न थालियो ।

कर्मकाण्ड चल्दै गर्दा जन्तीलाई खाना खुवाउन ढिलाइ भएको थियो । त्यसले गर्दा दुलाहा, उनका पिता र साथीहरू रिसाए ।

विवाह नै नगरी दुलाहा फर्किए । दुलही पक्षले उनलाई फकाउन धेरै कोसिस गरेको भए पनि उनीहरू रोकिएनन् । दुवै पक्षबिच कुरा मिलाउनका लागि धेरै पटक वार्ता भयो तर कुरा झनै बिग्रियो ।

दुलाहाका पिताले ढिलो गरी खाना आएको रिसमा खानाको खर्च र बाइकसँगै दाइजोमा आएका अन्य कुरा पनि दुलही पक्षलाई फर्काइदिए । घटनापछि दुलहीकी आमाले कस्बा प्रहरी चौकीमा दुलाहा र उसका पिताविरुद्ध उजुरी दायर गरेकी छन् ।

उजुरी दर्ता भएपछि दुलाहाका पिताले बिहेमा भएको खर्च फर्काए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । एजेन्सी

प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार  ४ : ५५ बजे

768
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।