Logo

साहित्य

अङ्कगणित



बागमती किनारको एउटा सुकुम्बासी टोलमा
मौसम र लाज बल्लतल्ल छोप्ने
बोरा, कागज र लत्ताकपडाले बारेको
एउटा जीर्ण झुपडीको छानामाथि
डिस्क–होमको बडेमानको एन्टिना देखेपछि थाह पाएँ—
पेट र मनको अङ्कगणितलाई पृथक पृथक बुझ्ने
राजनीतिज्ञ, समाजशास्त्री र मनोविज्ञहरू
जिन्दगीको मैदानमा
किन सधैँ अनुतीर्ण रहन्छन् !

महेश पौड्याल

प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार  ११ : १९ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।