Logo

मनोरञ्जन

सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’को ट्रेलर सार्वजनिक [भिडियो सहित]



काठमाडौं । सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’को ट्रेलर रिलिज भएको छ ।

जितेन्द्र राजोपाध्याय निर्देशित फिल्मको ट्रेलरमा युवाहरुको सपनालाई कसरी घनचक्करमा पारिन्छ भन्ने विषय कमेडी शैलीमा देखाइएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायत पनि अटाएका छन् ।

फिल्मका निर्माता करुणा अर्याल र संगम भट्ट हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् । फिल्मको सम्पादन मित्र डी गुरुङ हुन् ।

‘घनचक्कर’ आगामी असार १० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १४:४५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।