काठमाडौं । अभिनेता राजेश हमालले वैवाहिक वर्षगाँठ आठ वर्ष पुगेको उपलक्ष्यमा आठैवटा तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।
फेसबुकमा तस्बिर राख्दै हमालले भनेका छन्, हामीले आजकै दिनमा विवाह भएको हो, समय बितिरहन्छ ।
अभिनेता हमाल लामो समय अविवाहित रहे । यसले गर्दा उनको विहेका बारेमा मिडियाले धेरैपटक प्रश्न उठाए । उनले टार्दै गएका थिए ।
तर, विसं २०७१ वैशाख १० गते विराटनगरकी मधु भट्टराईसँग ५२ वर्षको उमेरमा हमालले विवाह गरे ।
लामो समयको प्रेमलाई उनीहरूले विवाहमा परिणत गरेको उनले पछि खुलासा गरेका थिए ।


























प्रतिक्रिया