Logo

समाचार

बिर्तामोडमा जुवा खेलिरहेका ५ जना जुवाडे नगदसहित पक्राउ



झापा । बिर्तामोडमा जुवा खेलिरहेका ५ जना जुवाडे नगदसहित पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका(५ निवासी ३८ वर्षीय डालकुमार राईको घरमा जुवा खेलाइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले मङ्गलबार बेलुका छापा मारेको थियो ।

प्रहरीले घटनास्थलबाट तास र कौडा खेलिरहेका घरधनी राईसहित इलाम जिल्ला सूर्योदय नगरपालिका(१० का ३० वर्षीय दिलकुमार श्रेष्ठ, बिर्तामोड नगरपालिका(५ का ३६ वर्षीय सन्जीप घतानि, सोही ठाउँका ४२ वर्षीय ससुहाङ चेम्जोङ र मेचीनगर नगरपालिका(२ का ४८ वर्षीय भूपू राईलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट १ लाख ७४ हजार ७३५ रूपैयाँ नगद, ३ बुक तास र १५ थान कौडासमेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको डिएसपी पाठकले बताए ।

प्रकाशित मिति : जेष्ठ ११, २०७९ बुधबार  ४ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।