नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ जना यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गरेको छ ।
नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भएको हो । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले नेपालबाट कोरोना परीक्षण पीसीआर रिर्पोट नेगेटिभ आएकै यात्रुमा समेत हङकङमा कोरोना देखिएको हो ।
नेपालबाट अधिकतम ७२ घण्टा अगाडि सम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधान थियो । तर, हङकङ पुगेका यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाइन्स कारवाहीमा परेको हो ।
४ अक्टोबरबाट लागेको प्रतिवन्ध अब १७ अक्टोवरमा मात्र फुकुवा हुने भएको छ । अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ पुगेका यात्रुमा हिजो कोरोना पुष्टी भएको हो ।
सोमवार हङकङमा कोरोना पुष्टि भएका ११ जनामध्ये ६ जना नेपाल एयरलाइन्सका यात्रु रहेको बताइएको छ । सरकारले नियमित उडान खुला गरेसँगै हङकङमा नेपाल एयरलाइन्सले उडान गरिरहेको थियो ।




















प्रतिक्रिया