Logo

प्रमुख समाचार

आफ्नो सेवा सुविधा बिपन्न तथा गरिबीको स्वास्थ्य-शिक्षामा सहयाेग गर्ने नगर प्रमुख श्रेष्ठको निर्णय



उदयपुर । उदरपुरकाे कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले आफूलाई प्राप्त सेवा सुविधावापतकाे रकमबाट नगरका विपन्‍न परिवारलाई शिक्षा र स्वास्थ्यमा सहयाेग गर्ने बताएका छन् । साेमबार नगर प्रमुख पदभार ग्रहण गरेका उनले त्यसका लागि काेष स्थापना गर्ने बताए । 

आफूले पाउने सेवा सुविधालाई जनताकाे भविष्यसँग जाेड्न चाहेकाे उनकाे भनाइ छ । 

यस्तै, श्रेष्ठले जनताका काममा आफू सँधै सहज रूपमा उपलब्ध हुने र सकारात्मक रहने बताए । नगर प्रमुखकाे रूपमा उनकाे पहिलाे निर्णय नगरको सेवालाई चुस्तदुरुस्त, पारदर्शी, मितव्यी, प्रभावकारी, जनमुखी र सेवाग्राहीमैत्री बनाउन सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने रहेकाे छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार ०९:२१   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।