जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । मधेश सरकारले आगामी वर्ष कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति लिएको छ ।
आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन् । वितरण गरिने ल्यापटपको सामाजिक विकास मन्त्रालयले अनुगमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने छात्राका लागि साइकल वितरण कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । बरु आगामी आर्थिक वर्षदेखि साइकल किन्ने रकम भने सिधै विद्यालयमा पठाउने नीति लिएको छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफैं खरीद गरेर विद्यालयलाई साइकल उपलब्ध गराउँदै आएको थियो ।
गत असोजमा साइकल खरीदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएको छ । यो मुद्दाको किनारा नलागेपछि प्रदेश सरकारले साइकल खरीदका लागि सम्बन्धित विद्यालयलाई नै रकम उपलब्ध गराउने भएको हो ।
हेर्नुहोस् नीति तथा कार्यक्रममो पूर्ण :





















प्रतिक्रिया