काठमाडौं । काठमाडौं महानगरपालिकामा आज (सोमबार) देखि गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै सामेबारदेखि राष्ट्रियसभा गृहमा कल सेन्टर सञ्चालन गरिएको हो ।
महानगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ। ‘महानगर के गर्दैछ ? जनताले सोध्न पाउनुपर्छ’, उनले भने। योसँगै अब महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं. १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिने भएको छ।
महानगरका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ ।





















प्रतिक्रिया