काठमाडौं । नेपाली फिल्म ‘डाँडाको वर पिपल’ गत वर्षको असोजमा हलमा रिलिज भएको थियाे । साे फिल्म यतिबेला यूट्युबमा सार्वजनिक भइसकेको छ ।
हलमा दर्शकको खडेरी परेर फ्लप भएकाे फिल्मले यूट्युबमा भने लोभलाग्दो भ्युज पाइरहेको छ । सार्वजनिक भएको ३ दिनमा सोमवार साँझसम्म फिल्मलाई १३ लाख २० हजारले हेरिसकेका छन् । फिल्म अहिले यूट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ ।
शोभित बस्नेतको निर्देशनमा तयार फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा लगायतका कलाकारको अभिनय छ । पारिवारिक कथामा बनेको फिल्म नवराज गिरीले निर्माण गरेका हुन् ।
फिल्मको प्रचारप्रचारको समयमा ‘महानायक’ विवाद चर्किएको थियो । फिल्मका निर्देशक बस्नेत, अभिनेताहरू भ्ुवन केसी र शिव श्रेष्ठले निकालेको ‘महानायक’को विवादमा पछि शोभितले माफी नै माग्नुपरेको थियो ।
सोही विवादका कारण पनि फिल्मको व्यापारमा असर गरेको धेरैले अनुमान गरेका थिए ।





















प्रतिक्रिया