Logo

कर्पोरेट फोकस

संस्थाको बार्षिक खर्च २४ खर्ब ८६ अर्ब, कर्मचारि तलब ४ खर्ब २१ अर्ब, प्रति कर्मचारी तलब औषत २० हजार मात्रै



राष्ट्रिय आर्थिक गणनालले नेपाली कर्मचारिको औषत तलब २० हजार मात्रै रहेको जनाएको छ । केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय आर्थिक गणना पहिलो पटक गरेको हो । देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको हाराहारी मात्र रहेको पाइएको विभगाले जनाएको छ ।

देशैभर जागिरका रुपमा काम गर्ने कर्मचारीको मासिक तलब २० हजार ५४३ रुपियाँ मात्रै रहेको सार्वजनिक गरेको तलब तथा पारिश्रमिकसम्बन्धी प्रतिवेदनले देखाएको हो । उक्त प्रतिवेदनले देशभरिमा १७ लाख ९ हजार ब्यक्ति विभिन्न संघसंस्थामा काम गरिरहेको जनाएको छ ।

ठूला भनिएका संस्थाहरुमा कर्मचारिको औषत माशिक तलब २६ हजार ७ सय रहेको छ । त्यस्तै मध्यम किसिमका संस्थामा कार्यरत कर्मचारिहरुको माहिक तल औषत २५ हजार ८ सय रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीले मासिक औसत १६ हजार ७६८ रुपियाँ तलब बुझ्ने गरेको पाइएको छ । लघु संस्थामा कार्यरत कर्मचारीले १६ हजार एक सय रुपियाँ तलब पाएको देखिएको छ । संस्थाको प्रकृति अनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको छ ।

संस्थागत रूपमा ठूला संस्थाले वार्षिक १ खर्ब ७५ अर्ब, मध्यमले ३९ अर्ब ५९ करोड, सानाले १ खर्ब १० अर्ब र लघु प्रकृतिका संस्थाले ९६ अर्ब ५५ करोड वार्षिक तलबबापत खर्च गरेको उल्लेख छ ।

अध्ययनमा समेटिएका कुल कर्मचारीको तलबमा मात्रै वार्षिक ४ खर्ब २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको देखिन्छ । यद्यपि अध्ययनमा समेटिएका त्यस्ता संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबको हिस्सा निकै कम हो ।

देशैभर गरी प्रतिवेदनले समेटेका २ लाख १९ हजार ३ सय संस्थाले वार्षिक २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेको पाइएको छ । त्यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ भएको देखिन्छ । बाँकी सात खर्ब २ अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । यो समाचार आजको गोरखापत्रमा छ ।

कुल आर्जनमध्ये नाफाको हिस्सा २८.३ प्रतिशत छ । त्यस्तै तलबबापतको खर्च भने कुल आर्जनमा केवल १६.९ प्रतिशत मात्र देखिन्छ । अर्थात् कर्मचारीको तलबभन्दा यस्ता संस्थाले गरेको नाफा दुई खर्ब ८१ अर्ब रुपियाँले बढी छ । अध्ययनले संस्थामा कार्यरत प्रबन्धकदेखि नियमित ६ महिनादेखि काम गरिरहेका र अस्थायी कर्मचारीको तलबलाई समेत समेटेको छ । नगदका रूपमा उपलब्ध गराइने पारिश्रमिक तथा तलब, दशैँ तथा अन्य चाडवाडका समयमा उपलब्ध गराइने बोनस, अवकाश भत्ता, सामाजिक सुरक्षामा रोजगारदाताले गरिदिएको योगदान समेतलाई तलबका रूपमा समेटिएको अध्ययनमा उल्लेख छ ।

केन्द्रीय बैङ्क, हुलाक कार्यालय, सार्वजनिक विद्यालय जस्ता सरकारी कार्यालयको हकमा त्यहाँका अधिकृतको समेत तलब यसमा समावेश गरिएको छ ।

प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार  २ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।