Logo

मनोरञ्जन

साउथ सुपरस्टार अल्लु अर्जुनविरुद्ध मुद्दा दर्ता



अल्लु अर्जुन नयाँ विवादमा फसेका छन् । साउथका मेगास्टार अल्लु अर्जुन ‘पुष्पाः द राइज’ रिलिजपछि भारतका सुपरस्टार बनेका छन् । उनको लोकप्रियता यति छ कि फ्यानहरु पुष्पा २ को प्रतिक्षामा छन् ।

पछिल्लो समय अल्लु अर्जुन नयाँ विवादमा फसेका छन् । मिडिया रिपोर्टका अनुसार एक शिक्षा संस्थानले विज्ञापनमा गलत जानकारी दिएको भन्दै अल्लु अर्जुन विरुद्ध मुद्दा दर्ता गरेको जागरणमा उल्लेख छ ।

वास्तवमा, अल्लु अर्जुनले ६ जुनमा आईआईटी र एनआईटीहरूको र्याङ्करहरूको बारेमा जानकारी दिने श्री चैतन्य शैक्षिक संस्थाहरूको विज्ञापनको प्रचार गरेका थिए ।

अहिले समाजसेवी कोठा उपेन्द्र रेड्डीले यो विज्ञापन भ्रामक र समाजलाई गलत जानकारी दिने गरेको आरोप लगाएका छन् । सामाजिक कार्यकर्ताले अल्लु अर्जुनलाई झुटो सूचना दिएको आरोप लगाउँदै अम्बरपेट प्रहरीमा उजुरी दिएका छन् भने कारबाही गर्न पनि माग गरेका छन् ।

यसअघि पनि र्यापिडो कम्पनीको प्रवद्र्धनमा टीएसआरटीसीले गलत प्रस्तुति दिएको आरोप लगाएको थियो । टीएसआरटीसीका सीईओ वीसी सज्जनारले बाइक ट्याक्सी एप रापिडो र अल्लु अर्जुनलाई कानुनी सूचना पठाउने चेतावनी पनि दिएका थिए । अर्कोतर्फ, अल्लु अर्जुनले विगतमा जोमाटोलाई समर्थन गरेकोमा विवादको सामना गर्नु परेको छ ।

भर्खरै अल्लु अर्जुन आफ्नी श्रीमती स्नेहा रेड्डी र छोराछोरी अल्लु अयान र अल्लु अर्हासँग विदेशमा छुट्टी मनाएर फर्किएका छन् । उनको छुट्टीको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । मानिसहरूले आफ्नो मनपर्ने स्टारको यो पारिवारिक शैलीलाई मन पराए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार १३:३९   :  बजे

615
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।