काठमाडौं । त्रिभुवन विश्वविद्यालका तीन पदाधिकारीको कार्यकक्षमा लागेको ताला ५ महिनापछि खुलेको छ । ताला खुलेसँगै आज सोमबारबाट त्रिविका तीन पदाधिकारी र कर्मचारी नियमित काममा फर्कने भएका छन् ।
नेविसंघले ताला खोलेको तीन दिनपछि हिजो आइतबार आंशिक शिक्षकले पनि ताला खोलेका हुन् । नेविसंघले माघ ७ र आंशिक शिक्षकले सोही महिनाको २० गतेबाट तालाबन्दी गरेका थिए । एमाले निकट अनेरास्ववियुले तालाबन्दी फिर्ता नलिए ताला फोड्ने चेतावनी दिएलगत्तै आंशिक शिक्षकले तालाबन्दी फिर्ता लिने विषयमा त्रिविका पदाधिकारीसँग वार्ता गरेको थियो । आइतबार वार्ता भएर ५ बुँदे सहमति भएपछि ताला खोलिएको हो ।





















प्रतिक्रिया