Logo

अचम्म

मास्क नलगाउने ग्राहकमाथि बैंकका सुरक्षा गार्डले चलाए गोली



भारतमा मास्क नलगाई बैंक प्रवेश गर्न खोज्ने एक व्यक्तिमाथि बैंका सुरक्षा गार्डले गोली चलाएका छन् । गत शुक्रबार उत्तर प्रदेशको बरेली जिल्लामा ग्राहक राजेश कुमार र सुरक्षा गार्ड केशवबीच विवाद भएको थियो ।

राजेश मास्क बिनै बैंक छिर्न खोजेपछि केशवले उनलाई भित्र पस्न रोकेका थिए । मास्ककै विषयमा उनीहरूबीच विवाद भएको थियो ।

झडपकै अवस्था सिर्जना भएपछि सुरक्षा गार्डले आफूले बोकेको बन्दुकले राजेशलाई हानेका थिए । द इन्डियन एक्सप्रेसका अनुसार गोली लागेपछि घाइते भएका राजेशको यतिबेला उपचार भइरहेको छ ।

राजेशकी श्रीमतीले पनि आफ्ना श्रीमानले मास्क नलगाएको स्वीकारेकी छन् । गार्डलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । उनीमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको छ ।

राजेशको देब्रे खुट्टामा गोली लागेको थियो । उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आईतवार १५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।