Logo

प्रमुख समाचार

सिक्किममा ‘कबड्डी ४’को प्रदर्शनमा रोक



काठमाडौं । सिक्किममा शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ । राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको सिक्किम सरकारले बताइएको छ ।

‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ मुख्यमन्त्री प्रेमसिंह तामाङले भने ।

गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए । ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि उजुरी परेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १४:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।