Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–२२)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।

१.सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
– बैतडी

२.“वैधानिक सुधार समिति” को गठन पद्म शमशेरबाट कहिले भएको थियो ?
–वि.सं २००४ वैशाख १४

३.नेपालमा पहिलोपटक संविधान सभाको निर्वाचन कहिले भएको थियो ?
–वि.सं. २०६४ चैत्र २८

४.सिहंदरबार आगलागी हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
–क्रीतिनिधि विष्ट

५.नेपालमा सबैभन्दा पहिले बजेट कहिले प्रस्तुत भएको थियो ?
–२००८ माघ २१

६. नेपालको इतिहासमा पहिलोपटक जनमत सङ्ग्रह कहिले भएको थियो ?
–२०३७ वैशाख २०

७.रातो मछिन्द्रनाथको जात्रा कसले चलाएका हुन् ?
–नरेन्द्रदेव

८. नेपालको दोस्रो लिखित संविधान कुन हो ?
–नेपाल अन्तरिम शासन विधान, २००७

९. नेपालको सबैभन्दा पुरानो मन्दिर कुन मन्दिरलाई चिनिन्छ ?
–स्वयम्भुनाथ

१०.ललतिपुरमा मानवबस्ती बसाउने राजा को हुन् ?
–वरदेव

११.रानी पोखरीको निमार्ण कहिले भएको थियो ?
–वि.सं. १७२७

१२.पशुपतिको सुनको छाना हाल्ने राजा को हुन् ?
–शिवदेव

१३. नारायणहिटी छाडी ज्ञानेन्द्र कहिले नार्गाजुन सरे ?
–वि.सं. २०६५ जेठ २९

१४.नेपालको अन्तरिम शासन विधान कतिपटक शंसोधन भएको थियो ?
–६ पटक

१५.सार्क राष्ट्रमध्ये काठमाण्डौबाट सबैभन्दा टाढा रहेको राजधानी कुन हो ?
–माले

प्रकाशित मिति : असार ४, २०७९ शनिबार  ५ : ३१ बजे