Logo

अन्तर्राष्ट्रिय

युक्रेनमा रुसी संगीतमाथि प्रतिबन्ध



एजेन्सी । युक्रेनमा रुसी संगीतमा प्रतिबन्धन लगाइएको छ । यो प्रतिबन्ध १९९१ पछि बनेका वा प्रस्तुत गरिएका संगीतमाथि लाग्ने भएको छ।

सम्पूर्ण रुसी संगीतमाथि नभएर १९९१ पछिका रुसी नागरिकले निर्माण गरेका वा प्रस्तुत गरेको संगीतमाथि प्रतिबन्ध लगाउने पक्षमा युक्रेनका प्रतिनिधिसभा सदस्यहरुले मतदान गरेका हुन्।

रुसले युक्रेनमाथि गरेको युद्धको विपक्षमा रहेका संगीतकारहरुले भने आफ्नो गीतसंगीतमाथि प्रतिबन्ध हटाउन माग गर्न सक्नेछन्। युक्रेनको सरकारले उनीहरुले निवेदन दिएर आफ्नो संगीतमाथिको प्रतिबन्ध फुकुवा गर्न सक्ने बताएको छ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १४:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।