Logo

खेलकुद

एसीसी महिला टी–ट्वान्टी : नेपाल र हङकङ भिड्दै



काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले मंगलबार(आज) हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।

किनरारा ओभलमा नेपालले चौथो खेलमा हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल दिउँसो १२ः०० बजे सुरु हुनेछ ।

हङकङविरुद्ध मैदान उत्रँदा नेपाल लगातार चौथो जितको खोजीमा हुनेछ । यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ । नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । २ खेलमा ४  अंक जोडेर हङकङ दोस्रो स्थानमा रहेको छ ।

यस अघि नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार ०९:१९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।