Logo

राजनीति

एकीकृत समाजवादीको जोड : मन्त्री हेरफेर केही दिनमा होइन केही घण्टाभित्रै हुनुपर्छ



काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले मन्त्रीको हेरफेर केही घण्टाभित्रै हुनुपर्ने बताएको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकपछि उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको स्थायी कमिटी र सचिवालयले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने बताए ।

‘पार्टीको स्थायी कमिटी र सचिवालयले गरेको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र शर्त हो’, खतिवडाले भने, ‘व्यक्तिगत छलफल कसले कोसँग कति गर्यो भन्ने फरक कुरा हो, एकदमै चाँडै अब दिनहरुमा होइन, घण्टाहरूमा मन्त्रीहरुको हेरफेर गर्ने दिशातिर लागिरहेको छ । जे निर्णय गर्यो त्यो निर्णय पार्टीले कार्यान्वयन गर्नेछ ।’

उनले मन्त्री भन्ने चीज कसैको चिरस्थायी नहुने पनि बताए । ‘राम्रो क्षमता देखाएको मन्त्री रहेछ भने उसप्रति एउटा मूल्याङ्कन होला । तर हाम्रो भद्र सहमति ६ महिना बसेर देखाउनुस् भन्ने थियो अहिले ८ महिना बित्न लाग्यो । विद्रोहको गुञ्जायस पनि छैन र कसैले गरेको पनि छैन’, खतिवडाको भनाइ छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मन्त्री हेरफेरबारे छलफल गरेका थिए ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ३ : ०८ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।