Logo

समाचार

राष्ट्रिय कविता महोत्सवमा कवि टीका आत्रेय प्रथम



नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव २०७९’ मा कवि टीका आत्रेयको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको छ ।

प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना भएको उक्त प्रतियोगितामा कवि यात्रीप्रकाश पाण्डेको ‘आगोमा फूलको देश’ द्वितीय भएको थियो । त्यस्तै सीता तुम्खेवाको चरिसो फूल’, किरन सिवाको ‘बुबालाई सिलाई मेसिन’ र कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ कविता तृतीय भएका छन् ।

प्रतिष्ठानले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार २०:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।