एजेन्सी । बलिउड अभिनेता अजय देवगन इन्डस्ट्रीमा आफ्नो गम्भीर स्टाइलका लागि परिचित छन् । अजय देवगनले पर्दामा कमेडी गरेका होलान् तर वास्तविक जीवनमा उनी निकै कम बोल्छन् । विगतमा अजय देवगनले पान मसालाको विज्ञापनलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचनाको सामना गर्नु परेको थियो । अजयसँगै शाहरुख खान र अक्षय कुमार पनि ट्रोल भएका छन् ।
यही बीचमा अजय देवगनको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियोमा ड्र्यागनको नयाँ अवतार देखेर फ्यानहरु छक्क परेका छन् । यस भिडियोमा अजय दुई पाङ्ग्रे सवारी साधनमा सवार रहेको देखिन्छ । यस क्रममा उनको अनुहारमा मुस्कान पैदा हुन्छ । अजयको अभिनय बच्चाभन्दा कम छैन ।
उनी निर्दोष बालक झैं क्यामेरातिर हेरेर मुस्कुराउँछन् । उनको बबली स्टाइलले लाखौं फ्यानहरूको मन जितिरहेको छ। यो भिडियोमा फ्यानका कमेन्टहरु निरन्तर आइरहेका छन् । योसँगै फ्यान र स्टार मात्र होइन उनकी श्रीमती काजोल र भाउजु तनिषा मुखर्जी पनि आफ्नो हाँसो रोक्न सकेनन् ।
यो भिडियो अजय देवगनले आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् । यो सेयर गर्दै अजयले क्याप्सनमा लेखेका छन्, ‘त्यसोभए म यस्तो रोल गर्छु।’ अहिलेसम्म यो भिडियो धेरै पटक हेरिएको छ ।





















प्रतिक्रिया