काठमाडौं । इंग्ल्याण्डविरुद्धको टेष्ट म्याचअघि नै भारतीय टोलीलाई ठूलो झट्का लागेको छ । टोलीका कप्तान रोहित शर्मालाई कोभिड–१९ पोजेटिभ देखिएको छ । बीसीसीआईले ट्वीट गर्दै यो जानकारी दिएको हो । इंग्ल्याण्डविरुद्धको टेष्ट खेल सुरु हुन अब पाँच दिन बाँकी छ । यस्तो अवस्थामा रोहित शर्मा यस खेलका लागि स्वस्थ भएन भने टीम इन्डियाको समस्या बढ्न सक्छ ।
कोरोना पोजेटिभ भएसँगै रोहित आउट हुँदा टीम इन्डियाले कप्तान खोज्नुपर्नेछ। बीसीसीआईले पाँचौं टेस्टका लागि उपकप्तानको नाम भने घोषणा गरेको छैन । रोहित नखेल्ने भने पाँचौं टेस्टमा ऋषभ पन्तले भारतीय टोलीको कप्तानी गर्ने सम्भावना छ । २४ वर्षीय पन्तले भर्खरै दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजमा भारतको नेतृत्व गरेका थिए । चयनकर्ताको पूर्ण विश्वासका कारण पन्तले यो जिम्मेवारी पाउन सक्छन् ।
भारतले गत वर्ष इङ्ल्यान्डसँग आफ्नो भूमिमा ४ टेस्ट खेलेको थियो । जहाँ रोहितले राम्रो ब्याटिङ गरे । रोहितले ती चार टेस्ट म्याचमा ५२.२७ को औसतमा ३६८ रन बनाएका थिए जसमा ओभलमा शतक समेत थियो। त्यो शृङ्खलाको पाँचौं खेल अब खेलिएको छ, टेष्ट म्याच १ देखि ५ जुलाईसम्म खेलाइने छ । पाँच खेलको सिरिजमा भारत २–१ ले अगाडि छ । अब यदि भारतले टेस्ट कम्तीमा पनि बराबरी गर्यो भने सिरिज कब्जा गर्नेछ।




















प्रतिक्रिया