काठमाडौं । आगामी असार २९ बाट स्कटल्याण्डमा हुने विश्वकप लिग टू तथा सो प्रतियोगिताअघि क्यानडामा रहेको स्थानिय एक क्लबसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसिय खेलका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक पुवुदु दासानायकेले युवा बलर सागर ढकाल र ब्याटर सुनिल धमलालाई बाहिर राख्दै टिम बनाएका हुन् । दुबै खेलाडी अमेरिका भ्रमणमा भने समावेश भएका थिए । पुवुदुले सागर र सुनिलकाे स्थानमा बसिर अहमद र पवन शर्राफलाई माैका दिएका छन् । क्यानडा भ्रमणपछि यो टिमले नै नामेविया र स्कटल्याण्डसम्मिलित त्रिदेशीय श्रृंखला खेल्नेछ ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शर्राफ, विनोद भण्डारी




















प्रतिक्रिया