Logo

अचम्म

 श्रीमतीलाई अंश दिनुपर्ने भएपछि करोडौं मूल्यको घर खरानी बनाइयो



डिभोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर बेलायतका ७५ वर्षका एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आगो लगाएका छन् ।

जल्नुअघि त्यो घरको मूल्य ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो । ती व्यक्तिले घरमा आगो लगाएपछि दमकल विभागलाई फोन पनि गरेनन् ।

घरमा आगो लागेपछि त्यसको क्षतिपूर्ति बिमा कम्पनीले पनि नदेओस् भनेर ती व्यक्तिले बिमा शुल्क नै बुझाएका थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै षड्यन्त्रबारे एक्सेटर क्राउन कोर्टमा सुनुवाइको क्रममा खुलासा भएको हो । पुलिस र दमकल विभागले अदालतलाई यो आगो आकस्मिक नभइ जानीजानी लगाइएको बताए । जाँचकर्ताहरुले ७५ वर्षका जोन म्याक्केरीलाई आगो लगाएकोमा दोषी बताउँदै उनी एक्सेटर नजिकै केनफोर्डमा रहेको आफ्नो घरको हुन लागेको लिलामीबाट असन्तुष्ट रहेको बताए ।

डेलीमेलका अनुसार यो घरमा जोन म्याक्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए । जोनले आगो लगाउनुभन्दा पहिले निकै मदिरा पिएका थिए । त्यसपछि उनले प्रोपेन ग्यासका सिलिण्डरलाई ब्लोटर्चबाट आगो लगाए । आगो लगाएपछि उनी आरामले कुर्सीमा बसे र फेरि मदिरा पिउनथाले । छिमेकीहरु जम्मा भएपछि उनले आफ्नो घर जलिरहेको आफूले हेरिरहेको बताएका थिए ।

जाँचकर्ताहरुका अनुसार घरमा १७ जूनमा आगो लगाइएको थियो । त्यसको ३ दिनपछि उनको घर ५ लाख ५० हजार पाउण्डमा लिलामीमा विक्री हुँदै थियो । तर, आगो लागेपछि उक्त घर मूल्य घटेर ३ लाख २० हजार पाउण्डमा विक्री भयो । जोनले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । एजेन्सी

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १४:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।