Logo

अचम्म

एक पटक सुतेपछि महिना दिनसम्म पनि उठदैनन् 



सामान्यतया एक स्वस्थ मानिसले दिनमा ८ घण्टा सुत्नु राम्रो हुन्छ । यदि तपाई दिनमा ६ घण्टा भन्दा कम सुत्नुहुन्छ भने त्यो स्वास्थ्यका लागि गलत हो ।

तर दिनमा ८ घण्टा भन्दा धेरै सुत्नु राम्रो हुँदैन तर सुताई उमेरमा भर पर्ने कुरा हो । हामीले भनेको ८ घण्टा एक वयस्क व्यक्तिका लागि हो । सुत्ने कुरामा बच्चा धेरै सुत्नुपर्दछ भने वृद्ध अवस्थामा कम सुत्दा पनि फरक नपर्ने जानकारहरू बताउँछन् ।

सुत्ने कुरामा वर्तमान समयमा एक अजिब गाउँ फेला परेको छ । काजकिस्तानको एक गाउँमा एक पटक सुते पछि मानिसहरू महिना दिनसम्म पनि उठ्दैनन् । काजकिस्तानको उत्तरी क्षेत्र कलाची गाउँका मानिसमा रहस्यमय तरिकाले सुत्छन् । जब यिनीहरू एक पटक सुत्छन तब एक महिनासम्म उठ्दैनन् । यसलाई रोग नै मानिएको छ । कलाचीमा सन् २०१० मा पहिलोपटक यस्तो भएको थियो ।

त्यसबेला बच्चाहरु अचानक स्कूलमा ढलेर निदाएका थिए । यस्ता बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । धेरै वैज्ञानिक तथा चिकित्सकले यसरी महिना दिनसम्म निदाउनुको कारण खोजिरहेका छन्  तर, पत्ता लागेको छैन । अझ अचम्मत जसलाई यो रोग लागेको छ उसलाई निदाउन लागे भन्नेसमेत थाहा हुँदैन । एजेन्सी

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १४:२७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।