Logo

अन्तर्राष्ट्रिय

सुनिल शेट्टी भन्छन् : बलिउड उद्योग लागूपदार्थले भरिएको छैन



एजेन्सी । बलिउडमा समय समयमा ड्रग्सको मुद्दा उठ्ने गरेको छ । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि यो मुद्दाले बालिउडमा थप प्रभाव जमाएको छ । बाइकट बलिउड जस्ता ह्यासट्यागहरू पनि सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेका बेला भर्खरै निर्माता तथा अभिनेता सुनिल शेट्टीले अगेन्स्ट ड्रग एब्यूज एन्ड इलिसिट कार्यक्रममा यो विषयलाई उठाए । यसअघि शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज ड्रग्स मुद्दामा प्रहरीले पक्राउ गरेको थियो भने हालै शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई बैंगलोर प्रहरीले पक्राउ गरेको थियो । यद्यपी आर्यनले यस मुद्दामा क्लिन चिट पाएका छन् ।

बलिउड र ड्रग्सको बारेमा बोल्दै सुनील शेट्टी सीबीआईको कार्यक्रममा पुगे र भने, ‘कसैले गल्ती गर्छ भने सबै चोर डकैत भन्छन्, तर त्यस्तो होइन । म यो उद्योगमा विगत ३० वर्षदेखि काम गरिरहेको छु र यहाँ मेरा करिब ३०० साथीहरू छन् । यी मानिसहरूले आफ्नो जीवनमा कहिल्यै केही गरेका छैनन् ।’ बलिउडमा सबैले ड्रग्स सेवन नगर्ने उदको दाबी छ । ‘बलिउड उद्योग ड्रग्सले भरिएको छैन, यहाँ सबै लतहरू छैनन्’, उनले भनेका छन् ।

सन् १९९२ मा ३१ वर्षको उमेरमा फिल्म बलवानबाट बलिउडमा डेब्यू गरेका सुनिलसँग दिव्या भारती देखिएकी थिइन् । सुनिललाई बलिउडको अन्ना भनिन्छ । उनले चलचित्रमा नायकसँगै खलनायकको भूमिका पनि निर्वाह गरेका छन् । सुनिलले फिल्म धडकनका लागि बेस्ट खलनायकको फिल्मफेयर अवार्ड पनि पाएका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १२:२९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।