कन्जुसको घरमा भोकाहरु रुन्छन् ।
मरुभूमिमा नाम्लो डोकाहरु रुन्छन् ।
दिन प्रतिदिन मारिन्छन् धेरै निर्दोषहरु नै
कठै बन्दुकको ति खोकाहरु रुन्छन् ।
राहातका नाममा जम्मा भएका सामाग्री ।
भण्डारणमा सडेका पोकाहरु रुन्छन् ।
मान्छेको जीवन माथि राजनितिक खेलवाड ।
वास्तविकता बुझेर रोकाहरु रुन्छन् ।
मानविय दुरुदसा र सरकारको नियति देखेर ।
कारुणिक दृश्य नै छोकाहरु रुन्छन् ।
भन्छन् सत्य रुपि प्रकृतिमा हस्तक्षेप धेरै भो ।
विनास देखि स्वर्गका ढोकाहरु रुन्छन् ।
(युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)




















प्रतिक्रिया