Logo

खेलकुद

भिटिन्हा पीएसजीमा अनुबन्धित



काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ( पीएसजी) ले मिडफिल्डर भिटिन्हालाई अनुबन्ध गरेको छ ।

पीएसजीले मिडफिल्डर भिटिन्हालाई पोर्चुगिज क्लब पोर्टोबाट ४० मिलियन युरोमा अनुबन्ध गरेको हो । पोर्चुगिज मिडफिल्डरले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

२२ वर्षीय भिटिन्हाले २०२०/२१ को सिजन उल्भ्समा बिताएका थिए । गत सिजन पोर्टो फर्किएका उनले क्लबका लागि ४७ खेल खेलेका थिए ।

गत मार्चमा सिनियर टोलीमा डेब्यु गरेका उनले पोर्चुगलका लागि ३ खेल खेलिसकेका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार ०८:२८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।