Logo

खेलकुद

बट्लर इंग्ल्यान्डको नयाँ कप्तान



काठमाडौं । इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसीबी)ले जस बट्लरलाई एक दिवसीय र टी-२० क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको छ । विश्वकप विजेता इयोन मोर्गानले बुधबार पद छोडेपछि विकेटकिपर ब्याटर बट्लरलाई सो जिम्मेवारी दिइएको इसीबीले जनाएको छ ।

मोर्गानले लगातारको चोट र स्वभाविक लय खस्किएसँगै जिम्मेवारीबाट हटेका थिए । मोर्गान इंग्ल्यान्डको कप्तान रहँदा बट्लर सो टोलीको उपकप्तान थिए । बट्लरले मोर्गानको अनुपस्थितीमा यसअघि नै नौ एक दिवसीय र पाँच टी-२० खेलमा इंग्ल्यान्डको नेतृत्व गरिसकेका छन् । 

भारतविरुद्ध ७ जुलाईबाट सुरु हुने तीन टी-२० र तीन एक दिवसीय खेलको शृंखलासँगै बट्लरले जिम्मेवारी सम्हाल्नेछन् । इंग्ल्यान्डले शुक्रबार भारत भ्रमणका लागि टोली घोषणा गर्ने बताइएको छ ।

इंग्ल्यान्डले अक्टाेबरमा अस्ट्रेलियामा टी- २० विश्वकप सुरु हुनुभन्दा अघि दक्षिण अफ्रिका, पाकिस्तान र अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १३:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।