Logo

अर्थ

सेयर बजार ८.८७ अंकले घट्यो, डेढ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार ८.८७ अंकले घटेको छ । दुई घण्टा भएको बारोबारमा ८.८७ अंकले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ ।

यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ । शुक्रबार २२१ कम्पनीको २८ हजार ८६६ वटा कारोबारबाट ३६ लाख ६३ हजार २२० कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकम १ अर्ब ४५ करोड ९३ लाख १२ हार १५ रुपैयाँको भएको छ । शुक्रबार व्यापार, वित्त र लघुवित्तबाहेक सबै उपसमूह राताम्ये रहे ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १३:४७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।