Logo

खेलकुद

ब्राजिलियन फरवार्ड रिचार्लिसन टोटनहममा 



काठमाडौं । ब्राजिलियन फरवार्ड रिचार्लिसनलाई इंग्लिस क्लब टोटनहमले अनुबन्ध गरेको छ । इभर्टनका २५ वर्षीय रिचार्लिसन पाँच वर्षे सम्झौतामा टोटनहम भित्रिएका हुन् ।  रिचार्लिसन ६० मिलियन पाउन्डमा लन्डन क्लबमा भित्रिएका हुन् । 

सन् २०१८ मा एभर्टन अनुबन्धित भएका रिचार्लिसनले त्यसयता १५२ खेलमा ५३ गोल गरेका थिए । उनले गएको सिजन प्रिमियर लिगमा एभर्टनबाट १० गोल गरेका गरे ।

ब्राजिलको राष्ट्रिय टिमबाट ३६ क्याप जितेका रिचार्लिसनले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । ब्राजिलले सन् २०१९ को कोपा र २०२० को ओलम्पिकमा स्वर्ण पदक जित्दा रिचार्लिसन टिमका महत्वपूर्ण सदस्य थिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १७:०९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।